मनोरञ्जन

मुन्ना माइकलमा नवाजको नया लुक्स

मुन्ना माइकलमा नवाजको नया लुक्स

nawas असोज ३० । नेश्नल स्कूल अफ ड्रामाका अब्बल विद्यार्थी भइकन पनि बलिउड अभिनेता नवाजउद्दि सिद्दिकीको बलिउडमा भाग्य ढिलो गरी चम्कियो। ढिला गरी आए पनि पछिल्लो समय उनी बलिउडका ’भर्सटायल’ अभिनेताका रूपमा सुपरिचित भएका छन्।

फिल्म पिच्छे गरेको फरक भूमिकाका कारण उनी मूलधार तथा समान्तार सिनेमाका चल्तिका अभिनेता भएका छन्। पछिल्लो पटक सार्वजनिक भएको उनको नयाँ फिल्मको लुकले यसलाई थप पुष्टि गरेको छ। टाइगर श्राफको नयाँ फिल्म ’मुन्ना माइकल’ फिल्मको नवाज लुकले दर्शकहरूको ध्यान फेरी उनीतीर तान्ने स्पष्ट संकेत दिएको छ।

सार्वजनिक भएको सो लुकमा उनी बिल्कुलै फरक देखिएका छन्। उनको पहिरन, कपालको शैली एकदमै फरक रहेको छ। नवाजको यस लुकले फिल्ममा रहेको उनको भूमिकालाई लिएर उत्सुक्ता पैदा गराइदिएको छ। नवाजले फिल्ममा आफू मारकाट भन्दा पनि रोमान्टिक छविमा पेस हुने बताएका छन् ।

Munna Vai

विशेष