मनोरञ्जन

धोनीको जीवनीमा बनेको फिल्मले बनायो नयाँ रेकर्ड

धोनीको जीवनीमा बनेको फिल्मले बनायो नयाँ रेकर्ड
असोज – ३० । भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीको जीवनीमा आधारित चलचित्र ’एम एस धोनी द अनटोल्ड स्टोरी’ले नया रेकर्ड राखेको छ । नयाँ रेकर्ड राख्दै फिल्मले बक्स अफिसमा २०० करोड भारु कमाई गरेको छ । msdhoni-cover सुशान्त सिंह राजपुत स्टारर ’एम एस धोनी द अनटोल्ड स्टोरी’ बायोपिक चलचित्र हो । कुनै पनि भारतिय बायोपिक फिल्मले गरेको यो सर्वाधिक कमाइ हो । २०० करोड कमाइसँगै धोनीको बायोपिक फिल्म सबैभन्दा बढी कमाइ गर्ने भारतिय बायोपिक फिल्म बनेको छ । संसारभरबाट फिल्मले उक्त कमाइ गरेको हो । फिल्मले भारतमा १७५.७ करोड र विश्वबजारबाट २९ करोड कमाएको फिल्मका निर्माताले जनाएका छन् । फिल्म सेप्टेम्बर ३० मा रिलिज भएको थियो ।

film about MS Dhoni MS Dhoni

विशेष