समाज

रोप्नै पर्ने दस बिरुवाहरु

रोप्नै पर्ने दस बिरुवाहरु
must-pant-plants-nepalaaja
घर परिवारको स्वस्थ्य संरक्षण गर्न केही बिरुवाहरु घर वरिपरि रोप्नु आवस्यक छ सानातिना तत्काल उब्जिएका रोगहरु घरमै उपचार गर्न सकिन्छ । जग्गा भएकाले सबै नभएकाले गमलामा (केही छोडेर) रोप्न सकिन्छ। १) तुलसी - श्वास रोग जस्तो रुघा खोकी घाँटी दुखेको निमोनिया, क्यान्सर निरोधक, एन्टिबायोटिक, मुखरोग, चर्मरोग । २) कागती - भिटामिन सी को श्रोत, कलेजो मृगौला रगत सुद्धिकरण, रुघाखोकी निको पार्ने, रोग प्रतिरोध क्षमता बढाउने । ३) निम - चर्म रोग, रक्तचाप घटाउने, रक्तसोधक, मधुमेह, ज्वरहर, बेदनाहर, क्यान्सर किटाणु नासक र बाथ । ४) केरा (फल काँचो पाकेको फुल पात चोप जरा) - शक्ति बर्धक भिटामिन श्रोत, रक्तदोष, श्वास रोग, कब्जियत, मधुमेह (काचो केरा) रक्तप्रदर । ५) अनार - रक्त अल्पता, कब्जियत, रक्तचाप कम भएमा, अतिसार, मुखरोग, अर्शरोग (फल बोक्रा पात फुल सबै औषधि हुने)। ६) गुर्जो - ज्वरो मधुमेह, ग्याष्ट्रीक, बातरोग, चर्मरोग, अर्शरोग आदि । ७) घिउकुमारी - आगोले पोलेको, ग्याष्ट्रीक, चर्मरोग, शक्तिबर्धक, ज्वरो, कमल्पित्त, कब्जियत आदि । ८) पारिजात - कृमिरोग, बातरोग, कमलपित्त, साइटिका, मृगौला रोग आदि । ९) बारमासे (सदाबहार) फुल - मधुमेह, रक्त स्तन मुत्रासयको क्यान्सरमा लाभकारी । १०) अम्बक (पात, काचो पाकेको फल, बोक्रा, फुल) शितल, बलबर्धक, ज्वरो, अतिसार, बमन, कब्जियत, अर्श, घाँटिदुखेको ।

must plant plants ropnai parne biruwa haru

विशेष