मनोरञ्जन

ट्वाक्क टुक्क पुनः प्रसारण हुने

ट्वाक्क टुक्क पुनः प्रसारण हुने
असोज – ३० । हाँसयव्यङ्ग्यको दुनियामा कुनै समय आफ्नो पूर्ण रुपमा हक जमाएको टेलिश्रंखला ट्वाक्क टुक्क फेरि प्रसारण हुने भएको छ । twakka-tukka दिनेश डिसी निर्देशित टेलिफिलम ‘ट्वाक्क टुक्क’ अब ‘ट्वाक्क टुक्क रिटर्नस्’ भनेर आउन लागेको हो । यो पटक पनि उक्त टेलिफिल्मको निर्देशन दिनेश डिसीले नै गर्ने छन् । कार्यक्रममा पत्रकार ऋषी धमालाको पनि अभिनय रहने खुलासा भएको छ । टेलिश्रंखलाकाे नयाँ संसकरणमा धमालासँगै दिनेश डिसी, महादेव त्रिपाठी, रेशम फिरिरी, शुशीला निरौला, जुंगे भट्टराई, माधव पण्डित लगायतको अभिनय रहेको बताइएको छ । २० बर्ष अगाडि बहुचर्चित निर्देशक आवाजको दुनियाको साथी दिनेश डिसी निर्देशित त्यै बहुचर्चित कार्यक्रमबाट अहिलेका कलाकारहरु दिपकराज गिरी, जितु नेपाल, गोपाल नेपाल फिस्टे, नारद खतिवडा, नारायण त्रिपाठी, रबी लामीछाने, महादेब त्रिपाठी, राजन घिमीरे लगायतको उत्पादन भएको थियो ।

twakkan tukkan returns

विशेष