मनोरञ्जन

'मिस इकलेज-२०१६' सौन्दर्य प्रतियोगीताका हुने

'मिस इकलेज-२०१६' सौन्दर्य प्रतियोगीताका हुने
असोज – ३० । सिजन मिडिया प्रा.लि.ले मिस ईकलेज २०१६ को सातौैं संस्करणको लागि आवेदन फारम खुल्ला गरेको छ । सिजन मिडियाले विगत ७ वर्ष देखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको थियो । miss-2 उपत्यकालगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ वर्ष देखि २४ वर्ष सम्मका छात्राहरुले आवेद दिन सक्ने छन् । कलेज स्तरका युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको जानकारी र सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गरिएको सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदिपराज वन्तले वताए । उक्त कार्यक्रममा विभिन्न कलेजहरुवाट ३० जना प्रतियोगीहरुलाई सहभागी गराइने छ । 'Women personality education and beauty' भन्ने नाराका साथ नेपाल अधिराज्यभर रहेका कलेजमा अध्ययनरत सम्पूर्ण छात्राहरुलाई सहभागी गराइने छ । उक्त कार्यक्रमको लागि सहभागीताको लागि मंसिर पहिलो साता सम्म आवेदन फारम सिजन मिडियाको कार्यलय पुतलीसडकमा भर्न सकिनेछ । उत्त प्रतियोगीताको अन्तिम प्रतिष्प्रधा पौषको द्रोस्रो साता राजधानीमा सम्पन्न हुनेछ । प्रतियोगिताका विजेताले “मिस ईकलेज २०१६” कोे ताज उपाधि सहित एकलाख ७५ हजार पर्ने स्कुटर र उच्च शिक्षामो छात्रावृत्ति प्राप्त गर्ने छन् । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने मोवाइल तथा विभिन्न गिफ्टहयाम्परहरु तथा छात्रावृत्ति आदि प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न २० विधामा पनि विजेता छनौट गरिनेछ ।

Miss E-College Beauty contest

विशेष