फुड

‘जलवायु परिवर्तन हुँदैछ, अब खाद्यान्न र कृषिलाई पनि परिवर्तन गरौं’ नारासहित विश्व खाद्यन्न दिवस मनाइदै

‘जलवायु परिवर्तन हुँदैछ, अब खाद्यान्न र कृषिलाई पनि परिवर्तन गरौं’ नारासहित विश्व खाद्यन्न दिवस मनाइदै
असाेज - ३० । विश्व खाद्यन्न दिवस विभिन्न कार्यक्रम गरि नेपालमा पनि आज मनाइदैछ । राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफएओको आह्वानमा हरेक वर्षको अक्टोबर १६ मा विश्व खाद्यान्न दिवस मनाइन्छ । food-day यस वर्षको खाद्यान्न दिवसको नारा ‘जलवायु परिवर्तन हुँदैछ, अब खाद्यान्न र कृषिलाई पनि परिवर्तन गरौं’ तय गरिएको छ । संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९८१ देखि विविध कार्यक्रमका साथ विश्वभरि यो दिवस मनाइँदै आएको छ । नेपालले सन् १९५१ नोभेम्बरमा खाद्य तथा कृषि संगठनको सदस्यता लिएको थियो । विश्वमा हाल जलवायु परिवर्तनले निम्त्याएको सबैभन्दा ठूलो चुनौती खाद्यान्न संकट समेत भएको एफएओले जनाएको छ । खाद्य सुरक्षाका लागि नेपालले वार्षिक ८ हजार मेट्रिक टन खाद्यान्न सञ्चित गरेको छ । पछिल्लो समय सरकारले खाद्य सुरक्षाका लागि विभिन्न कार्यक्रम अघि सारे पनि ती प्रभावकारी हुन सकेका छैनन् । पछिल्लो पटक अन्तर्राष्ट्रिय खाद्य नीति अध्ययन संस्थाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्व भोकमरी सूचकांकमा नेपाल ७२ औं स्थानमा परेको छ । सरकारले भने सन् २०२५ सम्ममा नेपाललाई भोकमरीमुक्त राष्ट्र बनाउने लक्ष्य लिएको छ ।

world food day

विशेष