समाज

बोक्सी प्रथामा आधारित चलचित्र ‘अग्निदहन’ को शुभारम्भ

बोक्सी प्रथामा आधारित चलचित्र ‘अग्निदहन’ को शुभारम्भ
असोज – ३० । सामाजिक विषयमा आधारित चलचित्र ‘अग्निदहन’को आज शुभारम्भ गरिएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय प्रतिष्ठान नेपालले पत्रकार सम्मेलन गरेर समाजको जल्दोबल्दो विषयका रुपमा रहेको बोक्सा बोक्सी कुप्रथालाई लिएर नेपाली चलचित्र अग्निदहन निमार्ण गर्न लागेको जानकारी गराएको छ । agni-dahan कार्यक्रममा बोल्दै सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले समाजलाई परिवर्तन गर्न रुढीवादी मान्यताको उन्मुलन गर्नुपर्ने बताए । उनले समाज बदल्न नसकिने तर समाजको सोच बिचार र मान्यता अवश्य बदल्न सकिने तर्क राखे ‘तत्काल छायांकन हुन लागेको नेपाली चलचित्र अग्निदहन शिक्षा, सुचना र मनोरञ्जनको त्रिवेणी बन्ने छ’ उनले भने, ‘यो चलचित्रले नेपाली समाजमा रहेको कुप्रथा बोक्सी प्रथा जरैदेखि उखेलेर फाल्नको लागि नयाँ तरंग ल्याउने छ ।’ बोक्सी प्रथा नेपालमा मात्र नभएर भारत, श्रीलङका, बङगलादेश लगायत देशमा अझै पनि कुप्रथाको रुपमा रहेको हुँदा कलाकारहरूले गहन भएर अभिनय गर्ने उनले कलाकारलाई सल्लाह दिए । गुणस्तरीय बनाउने हो भने यो चलचित्रलाई अन्य देशमा प्रर्दशन गर्न सकिने बताए । उनले निमार्ण अगावै चर्चामा रहेको नेपाली चलचित्र अग्निदहन कर नतिर्ने पहिलो नेपाली चलचित्र रहेको पनि जानकारी दिए । त्यस्तै कार्यक्रममा पत्रकार ऋषि धमलाले नेपालको इतिहास मै नयाँ बन्न लागेको नेपाली चलचित्र अग्निहदन कुनै एक व्यक्तिसँग नभई तीन करोड नेपालीको जीवनसँग जोडिएको विषय र चलचित्र भएको दाबी गरे । कार्यक्रममा बोल्ने क्रममा अग्निदहन चलचित्रका निर्देशक घनश्याम लामिछानेले यो विषयमा बन्न लागेको चलचित्र पहिलो हुने भन्दै आफूले सक्दो न्याय दिने प्रण गर । ‘साहित्यकार, गीतकार, कथाकार, उपन्यासकार लगायतले यो बोक्सी प्रथाको बिषयलाई प्राथमिकता दिएका छैनन्,’ उनले भने ‘अब हामी यस विषयलाई गहन भएर चलचित्रमा उर्ताने छौ ।’ त्यस्तै संस्थाका संरक्षक भुवनेश्वर शर्मा पौडेलले आफूहरूको अभियान अब चलचित्रको माध्यायबाट सुरु भएको जनाएका छन् । कार्यक्रमका अध्यक्ष कोविदशरण उपाध्यायले यो चलचित्र सामाजिक बिषयमा आधारित भएकाले समाजमा रहेका विकृतिलाई निमिट्यान्न पार्ने विश्वास व्यक्त गरे ।

Agnidhan Dines Kumar Thapaliya Rici Dhamala

विशेष