मनोरञ्जन

किक २ का लागि यी नायिका पक्का हुने

किक २ का लागि यी नायिका पक्का हुने
असाेज - ३० । सलमान खान अभिनित फिल्म ‘किक’को सिक्वेल बन्ने पक्का भएको छ । फिल्म बन्ने पक्क भएपनि फिल्मका लागि सलमानको जोडि भने पक्का भइसकेको छैन । kick-2 ‘किक २’ लाई लिएर कहिले नयाँ नायिका त कहिले पुरानै नायिकाले निरन्तरता पाउने हल्ला चल्यो । स्क्र्रीप्टको काम भइरहेको किक २ लाई लिएर अहिले फेरि नयाँ खबर सार्वजनिक भएको छ । उक्त फिल्ममा, पहिलो फिल्ममा सलमानको जोडि बनेकी ज्याक्लीन फर्नान्डेज नै आउने सार्वजनिक भएको छ । यो खबरको औपचारिक घोषणा भने भईसकेको छैन । यसबारे ज्याक्लीनले पनि मुख खोलेकी भने छैन । एक समारोहमा किक २ लाई लिएर ज्याक्लीनलाई सोधिएको प्रश्नमा उनले कूटनितिक जवाफ दिइन् । उनले भनिन्, ‘म सिद्धार्थ मल्होत्राको एक फिल्ममा काम गरिरहेकी छु ।’ एजेन्सी

Kick 2 salman khan

विशेष