समाज

राष्ट्रपतिकी कान्छी छोरी र पूर्वराष्ट्रपतिका नातिबीच टीकाटालो

राष्ट्रपतिकी कान्छी छोरी र पूर्वराष्ट्रपतिका नातिबीच टीकाटालो
असाेज - ३० । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुम भण्डारी र पूर्वराष्ट्रपति रामवरण यादवका नाति अभिषेक यादवको आइतबार टीकाटालो गरिएको छ । भण्डारी र यादवले परिवारका सदस्य र केही आफन्तलाई साक्षी राख्दै राष्ट्रपति भवनमै आइतबार इङ्गेजमेन्ट कार्यक्रम सम्पन्न गरेका हाे। images-cms-image-000005847 राष्ट्रपति भवन शितल निवासमा हिन्दू परम्परा अनुसार टीकाटालो भएको हाे । बुढानिलकण्ठ स्कूलमा सँगै पढ्दादेखि नै निशा र अभिषेकबीच प्रेम सम्बन्धमा बाँधियो र दुवै पक्षका अभिभावकको मञ्जुरीमा इङ्गेजमेन्ट हुन्। अभिषेक पूर्वराष्ट्रपति यादवका भतिजी नाति अभिषेक र राष्ट्रपति भण्डारीकी छोरी निशाको इङ्गेजमेन्टमा कोही राजनीतिक नेता र कुनै विशिष्ट व्यक्तिलाई निमन्त्रणा दिइएन। तरपनि एमाले अध्यक्ष केपी ओली भने पत्नी राधिकासहित शितलनिवास पुगेका थिए । किरण यादव पूर्वराष्ट्रपति डा. यादवकी भतिजी हुन् । किरणका छोरा अभिषेक बेलायतमा उच्च शिक्षा अर्जन गरिराखेका छन् भने राष्ट्रपतिकी छोरी निशाकुसुमले भारतबाट एमबिबिएस उत्र्तीण गरिसकेकी छिन् । एमालेका तत्कालीन महासचिव दिवंगत मदन भण्डारी र राष्ट्रपति विद्यादेवी भण्डारीका दुई छोरी छन् । जेठी छोरी उषाकिरणको विवाह भइसकेको छ ।

Abhishek yadav Nish kusum bhandari

विशेष