मनोरञ्जन

‘रुद्र’मा भिलेन बन्दै निखिल

‘रुद्र’मा भिलेन बन्दै निखिल
कात्तिक - १ । नायक निखिल उप्रेती भिलेनको रुपमा पर्दामा देखिने भएका छन् । उनले आफ्नै लगानीमा नयाँ चलचित्र बनाउने भएका हुन् । सोमबार काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘रुद्र’को घोषणा गरिएको हो । यो चलचित्रमा भने निखिल नायकको रुपमा देखिने छैनन् । पर्दामा आफू भिलेनको भूमिकामा देखिन लागेको उनले बताए । nikhil-upreti चलचित्रलाई रामजी लामिछानेले निर्देशन गर्नेछन् । निर्देशनमा असफल भएपछि रामजी कोरियोग्राफीमा व्यस्त थिए, जो यो विधामा सफल पनि देखिए । उनै रामजी फेरि ‘रुद्र’ मार्फत निर्देशनमा र्फकन लागेका हुन् । उनले चलचित्र राम्रो बनाउने बताए । कार्यक्रममा बोल्दै निखिलले भिलेनले पनि आफूलाई हिरो नै सोच्ने भन्दै चलचित्रमा पनि आफू यस्तै भूमिकामा देखिन लागेको बताए । चलचित्रमा निखिलका साथमा सारा, विश्व शर्मा, रोयदिप श्रेष्ठ, जितेन लामा लगायतका कलाकारको अभिनय रहनेछ । सौरभ लामाको छायांकन रहने चलचित्रमा दिनेश सोनाम र निखिलको संगीत, हिमाल केसीको एक्सन, वनिश शाहको सम्पादन रहनेछ । चलचित्रलाई जोमसोम, नारायणगढ, कोहलपुरी, कर्णाली लगायतका रमणिय स्थानमा खिचिनेछ ।

nikhil upreti ramji lamichhane rudra

विशेष