स्वास्थ्य

दैनिक ८ घण्टा बसेर काम गर्ने मानिसमा मुटुरोगकाे उच्च जाेखिम

दैनिक ८ घण्टा बसेर काम गर्ने मानिसमा मुटुरोगकाे उच्च जाेखिम
कात्तिक १ । कुनै पनि व्यक्ति दिनको आठ घण्टा बसिरहन्छ र कुनै प्रकारको शारीरिक परिश्रम गर्दैन भने उसलाई मुटुको रोग लाग्ने र चाँडै मृत्यु हुने गरेको अध्ययनले देखाएका छन् । यस्तो सम्भावना अत्यधिक चुरोट पिउने व्यक्ति वा अत्यधिक मोटो मानिसलाई उत्तिकै हुने अध्ययनहरुको निष्कर्ष छ । heart-disease-1 यसरी आठ घण्टा केवल कुर्सीमा बस्ने वा आराम गरेर बस्ने तर शारीरिक व्यायाम दिनको पाँच मिनेट पनि नगर्ने व्यक्तिको स्वास्थ्यको सम्बन्धमा गरिएका अध्ययनले यो तथ्यांक देखाएको हार्वर्ड मेडिकल स्कुलको एक पब्लिकेसनले जनाएको छ । सो प्रकाशनका अनुसार ४५ वर्षभन्दा माथि उमेरका करिब १० लाख व्यक्तिमा गरिएको १३ वटा अध्ययनले यस्तो सम्भावना देखाएको हो । तर आठ घण्टा केवल बसेर काम गर्ने वा आराम गर्ने व्यक्तिले पनि दिनको ६० देखि ७५ मिनेट सामान्यदेखि अलि गाह्रोसम्म व्यायाम गर्ने हो भने अर्थात् अलि लम्केर हिँड्ने वा साइक्लिङ गर्ने हो भने बसेर हुने बेफाइदाबाट मुक्ति पाउन सक्छ । यस्ता अध्ययनले ठ्याक्कै यो कारणले मानिसलाई यस्तो रोग लागेको हो भनेर किटान गरेर भन्न सक्दैनन् किनभने कुनै पनि मानिसमा केही रोग लाग्नका लागि एक नभई अनेक कारण हुन्छन् । तर धेरै व्यक्तिमा अध्ययन गर्दा कुनै एक प्रकारको नतिजा आयो भने त्यसलाई सम्भावना मानेर यस्ता रिपोर्ट प्रकाशित गरिन्छ । यो रिपोर्टअनुसार पनि बसेर काम गर्ने व्यक्तिले सकभर दैनिक रूपमा शारीरिक व्यायाम गरेको खण्डमा मुटुको रोगबाट बच्न सकिने सम्भावना रहेको अध्ययनले देखाएको छ । - एजेन्सी

heart disease mutu rog

विशेष