माईकल क्लार्कले सन्दिप लामिछानेको बारेमा गरे यस्तो खुलासा

कात्तिक १ । अष्ट्रेलियन पूर्व कप्तान माइकल क्लार्कले आफ्नै बायोगा्रफी ‘माइकल क्लार्क’ बिमोचन गरेका छन् । उक्त कार्यक्रममा क्र्लाकले क्रिकेटर सन्दिप लामिछाने अन्तर्राष्ट्रिय टि–२० क्रिकेट लिगमा चाँडै देखिने बताएका छन् ।
आफ्नो बायोग्राफी ‘माइकल क्लार्क’ बिमोचनका क्रममा सोमबार फेसबुक लाइभमा बोल्दै उनले सन्दिपको खुलेर प्रशंसा गरेका छन् ।
क्लार्कले सन्दिपलाई समेत आफूसँगै प्रस्तुत गरेका थिए । सन्दिपले नेपाली फ्यानलाई आफूले अष्ट्रेलियामा नेपालको नाम उचो बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
युवा लेग स्पिनर सन्दिप अहिले अष्ट्रेलियामा क्लार्कको एकेडेमी वेष्टर्न सवअर्बसबाट सिड्नी प्रिमियर क्रिकेट खेलिरहेका छन् ।
सन्दिप करिब पाँच महिना क्लार्कको एकेडमीमा रहने छन् र एकेडमीबाट प्रिमियर क्रिकेट समेत खेल्ने छन् ।
यस्तै, सन्दिपले क्लार्कको बायोग्राफी निकै राम्रो रहेको भन्दै पढिदिन अनुरोध गरेका छन् ।
biography
Cricket
michel clark
sandip lamichhane
