मनोरञ्जन

जागिर खान नियमित मालिकलाई चुम्बन गर्नुपर्ने (भिडियाे सहित)

जागिर खान नियमित मालिकलाई चुम्बन गर्नुपर्ने (भिडियाे सहित)
कात्तिक १ । चीनमा आफ्ना महिला कर्मचारीहरुलार्ई हरेक बिहान चुम्बन गर्न लगाउने मालिकको निकै आलोचना भइरहेको छ । केही प्रयोगकर्ताहरुले त्यस्ता कम्पनीमा काम गर्ने महिला कर्मचारीको समेत आलोचना गरेका छन् । kissing-the-boss-600x426 चीनका एक कम्पनीका मालिकले हरेक विहान आफ्ना महिला कर्मचारीहरुलाई लाइन लगाएर आफ्नो ओँठमा चुम्न लगाउँथे । उनका अनुसार यस्तो क्रियाकलाप गरेमा कर्मचारी र मालिकबीच सुमधुर सम्बन्ध रहने दाबी रहेको थियो । बेइजिङको तोङझु जिल्लाको उक्त कम्पनीले रक्सी बनाउने मेसिन बेच्ने गर्छ । उक्त कम्पनीका महिला कर्मचारीहरु बिहान ९ देखि ९ः३० को बीचमा लाइन लागेर आफ्नो मालिकलाई चुम्बन गर्नुपर्छ । नाम नखुलाइएको उक्त कम्पनीमा आधाभन्दा बढी महिला कर्मचारी रहेका छन् । चीनको मिडियाका अनुसार शुरुमा महिला कर्मचारीहरुले आफ्नो मालिकको यो प्रस्ताव अस्वीकार गरे पनि पछि जागिरको लागि यसलाई स्वीकार गरे । ‘जसले यसलाई अस्वीकार गरे, उनीहरुले जागिर छाडेर हिँडे,’ चिनियाँ मिडियाले लेखेका छन् । मिडियामा यसको आलोचना भएपछि कम्पनीका मालिकले आफूले यो कुरा अमेरिकाको भ्रमणका क्रममा एक कम्पनीबाट सिकेको र त्यसैलाई यहाँ लागु गरेको बताए । उनले आफ्नो यो प्रयोग सफल पनि भएको दाबी गरे ।

boss China Kiss

विशेष