प्रवास

अष्ट्रेलियामा नेपाली छात्रामाथि यौन दुव्र्यवहार गर्ने पक्राउ

अष्ट्रेलियामा नेपाली छात्रामाथि यौन दुव्र्यवहार गर्ने पक्राउ
कात्तिक – १ । एक नेपाली छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा अष्ट्रेलियाको मेलबर्न क्षेत्रबाट भिक्टोरिया प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । victoria-police छात्राले दिएको उजुरीको आधारमा प्रहरी मेलबर्नबाट १४ अक्टुबरमा एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले पुष्टि गरेको हो । भिक्टोरिया प्रहरीको सञ्चार विभागले जनाए अनुसार ती व्यक्तिमाथि बलात्कार, यौन दुव्र्यवहारलगायतका अभियोग लगाइएको छ । क्रेगीबर्न, मेलबर्न निवासी २३ वर्षीय ती युवक पनि विदेशी विद्यार्थीकै रुपमा अष्ट्रेलियामा रहेको बताइएको छ । तर प्रहरीले पीडित नेपाली युवती र अभियुक्त दुवैको पहिचान भने खुलाइएको छैन पीडित युवती नेपालबाट ७ महिना अघि मात्र मेलबर्न आएको भिक्टोरियाका नेपाली समुदायका एक अगुवाले बताए । उनले ती युवती को हुन् भन्ने भने खुलाउँन चाहेनन् । अभियुक्तलाई मेलबर्न म्याजिसग्रेटस अदालतले २१ अक्टुबरमा प्रारम्भिक सुनुवाईका लागि बोलाएको छ । नेपाली समुदायले घट्नाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समुदायका एक सदस्यमाथि भएको यस्तो जघन्य व्यवहार हेरेर बस्न नसकिने उनीहरुले प्रष्ट पारेका छन् । पीडित युवतीले थुप्रै नेपालीहरु यस किसिमका दुव्र्यवहार सहेर बसिरहेको दाबी गर्दै यसका विरुद्ध खुलेर बोल्न सक्ने वातावरण बनाइदिन नेपाली समुदायसँग अपिल गरेको खबर साउथएसिया डटकमले उल्लेख गरेको छ ।

Arrest Victoria police

विशेष