मनोरञ्जन

प्रियंकाले माफि मागिन

प्रियंकाले माफि मागिन

priyanka

कात्तिक २ । हलिवुड तथा हलिवुड अभिनेत्री प्रियंका चोपडाले ट्राभलर म्यागजिनको कभरमा रहेको आफ्नो तस्बिरप्रति माफि मागेकी छन् । ट्राभलर म्यागजिनको कभरमा छापिएको प्रियंकाको तस्बिरलाई असंवेदनशील भन्दै आलोचना भइरहेको छ । तस्बिरमा प्रियंकाले माइग्रेन्ट, रेफ्युजी, आउटसाइडर र ट्राभलर लेखिएको टि–सर्ट लगाएकी छन् । पहिला ती शब्द रातो धर्साले काटिएको छ । यो तस्बिरका लागि प्रियंका तथा म्यागजिन दुवैको आलोचना भएको छ ।

कोही पनि मानिस आफ्नो इच्छाले रेफ्युजी अर्थात शरणार्थी नबन्ने भन्दै प्रियंकाको आलोचना भएको हो । सामाजिक सञ्जालमा पनि प्रियंकाको आलोचना भएको छ । प्रियंकाले एक अन्तर्वाताको क्रममा तस्बिरप्रति माफि मागेकी हुन् ।

Priyanka Chopara

विशेष