मनोरञ्जन

बलिउडका बादशाह तीन खान भन्दा पनि अग्ली नायिका दीपिका

बलिउडका बादशाह तीन खान भन्दा पनि अग्ली नायिका दीपिका

एजेन्सी ।  अग्लो नायक र होची नायिकाको जोडीलाई भारतीय दर्शकले वर्षौंदेखि मन पराउँदै आएका छन् । तर, अहिले समय पहिलाजस्तो छैन । अग्ली नायिका र होचा नायकको जोडीलाई पनि दर्शकले उत्तिकै मन पराउन थालेका छन् ।

बलिउड नायिका दीपिका पादुकोण तीन खान शाहरूख खान, आमिर खान र सलमान खानभन्दा अग्ली छन् । दीपिकाको उचाइ ५ दशमलव ९ फिट छ भने सलमानको उचाइ ५ दशमलव ६ फिट छ ।अर्का नायक आमिर खान सलमानभन्दा पनि होचा छन् । उनको उचाइ ५ दशमलव ५ फिट छ भने शाहरूख खानको ५ दशमलव ७ फिट छ । कट्रिना पनि तीन खानभन्दा अग्ली छन् । उनको उचाइ ५ दशमलव ८ फिट छ । कंगना रनावत पनि तीन खानभन्दा अग्ली छन् । उनको उचाइ ५ दशमलव ८ फिट छ ।

आलिया भट्ट भने तीन खानभन्दा होची छन् । उनको उचाइ ५ दशमलव ३ फिट छ भने सिद्धार्थ मल्होत्राको उचाइ ६ दशमलव १ फिट छ । प्रियंका चोपडाको उचाइ ५ दशमलव ६५ फिट छ । सोनम कपुर प्रियंकाभन्दा अग्ली छन् । उनको उचाइ ५ दशमलव ९ फिट छ ।

पुराना अभिनेता अमिताभ बच्चनको उचाइको विषयमा बढी नै चर्चा हुन्छ । उनको उचाइ ६ दशमलव १५ फिट छ । अमिताभका छोरा अभिषेकको उचाइ ६ दशमलव १ छ भने अभिषेककी श्रीमती ऐश्वर्याको उचाइ ५ दशमलव ६ फिट रहेको छ । सोनाक्षी सिन्हा पनि ऐश्वर्याबराबर अग्ली छन् ।

अर्जुन कपुरको उचाइ ६ दशमलव १ फिट छ भने श्रद्धा कपुरको उचाइ ५ दशमलव ६ रहेको छ । काजोलको उचाइ ५ दशमलव २ छ भने नातामा उनकी बहिनी पर्ने रानी मुखर्जीको उचाइ ५ फिट रहेको छ । ज्याकलिन फर्ना्डिस ५ दशमलव ७ फिट अग्ली छन् । नरगिस फाखरीको उचाइ ५ दशमलव ९ फिट रहेको छ ।

Deepika

विशेष