मनोरञ्जन

म डिप्रेसनको सिकार भएको थिए : ऋतिक रोशन

म डिप्रेसनको सिकार भएको थिए : ऋतिक रोशन

rirtik कात्तिक २ । बलिउड अभिनेता ऋतिक रोशनले आफू पनि मानसिक तनावमा परेको खुलासा गरेका छन् । एक कार्यक्रममा बोल्दै ऋतिकले आफूलाई डिप्रेसन भएको खुलासा गरेका हुन् ।

उनले स्वास्थ्यसँग जोडिएका कुरालाई असामान्य भन्दा पनि सामान्य तरिकाले लिइनु तथा कुरा गर्नुपर्ने बताए । ’मैले कयौं उतारचढाव देखेको छु । मसँग डिप्रेसनको अनुभव छ । मैले संशयको अनुभव गरेको छ ु। हामी सबैलाई यस्तो भएको हुनुपर्छ । यो सामान्य कुरा हो । जतिबेला यो बारेमा बोलिन्छ त्यतिबेला यसलाई साधारण तरिकाले लिनुपर्छ’, ऋतिकले भने ।

त्यस्तै ऋतिकले अन्य रोग जस्तै गरी मानसिक रोगसँग लड्नुपर्ने सुझाव दिए । उनका अनुसार उनले भोगेको उतारचढावले उनलाई एउटा मान्छेको रूपमा अझ उनलाई परिष्कृत गर्न मद्दत गरेको बताए । सो कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै उनले मानिसक समस्यालाई लुकाउने भन्दा त्यससँग अन्य रोगझैं डटेर लड्नुपर्ने बताए ।

Hiritik Rosahan

विशेष