टेनिसमा नेपाली महिला टोलीले उपलब्धि निकाल्दै
कात्तिक – २ । ‘डब्लुटिए रोड टु सिंगापुर’मा दुई नेपाली महिला टेनिस खेलाडीले सहभागिता जनाउने भएका छन् ।
अक्टोबर १७ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा मायांका राणाले यु–१६ तथा इरा रावतले यु–१४ उमेर समूहको महिला एकल प्रतिस्पर्धामा सहभागि हुने छन् ।
मे १ र २ तारिखमा सम्पन्न भएको छनोट प्रतियोगितामा दुवै खेलाडी पहिलो हुँदै ‘रोड टु सिंगापुर’का लागि छनोट भएका हुन् ।
दुई खेलाडीसहित ३ सदस्यीय नेपाली लनटेनिस टोली सोमबार सिंगापुर गएको छ जसमा कृष्णराज घले टिम प्रशिक्षक रहेका छन् ।
प्रतियोगितामा नेपालसहित सिंगापुर, अस्ट्रेलिया, चीन, चाइनिज ताइपेई, हङकङ, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, न्युजिल्यान्ड, फिलिपिन्स, श्रीलंका, थाइल्यान्ड, उज्वेकिस्तान, भियतनाम र प्यासिफिक ओसिएना क्षेत्रका खेलाडी सहभागि रहने जनाइएको छ ।
ball
mahila tenis