तरुण कप नकआउट फुटवल प्रतियोगितामा २१ टिम सहभागि हुने
कात्तिक -२ । सदरमुकाम फिदिममा मंगलवारदेखि सुरु हुने जिल्ला स्तरीय तरुण कप नकआउट फुटवल प्रतियोगितामा २१ टिम सहभागि हुने भएका छन् । नेपाल तरुण दल पाँचथरले ६४ औँ स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताका लागि फिदिम नगरपालिकका ९ र बाँकि अन्य गाविसका खेलाडी सहभागि हुने भएका हुन ।
जिल्ला अध्यक्ष सुमन लामाका अनुसार नगरपालीकका वार्ड र अरु गाविसका खेलाडी सहभागि हुने छ । जिल्ला भित्रकामात्र टिम सहभागि भएको ठुलो पुरस्कार रासि भएको प्रतियोगितामा विभिन्न गाँउका खेलाडीहरु प्रतिस्पार्धा गर्ने भएका हुन । प्रतियोगिताका लागि आवश्यक तयारी पुरा भएको लामाले बताए । तरुण दलले आयोजना गरेपनि सवैको सहभागिता रहेको जानकारी गराइएको छ ।
खेल मैदान व्यवस्थापन, प्रचार प्रसार, टिम व्यवस्थापन लगायका तयारी सकिएको लामाले जानकारी दिए । फिदिम उच्च माविको खेलमैदान प्रतियोगिता हुने छ । प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्दै छन् । कांग्रेस महामन्त्रि ससांङक कोईराला लागयतको उपस्थितीमा स्थानिय सास्कृतिक प्रस्तुतीका साथ प्रतियोगिताको उद्घाटन गर्ने तयारी भईरहेको बताइएको छ ।
प्रतियोगिता जित्ने टिमले ५१ हजार रुपैयाँ नगद, ट्रफि, मेडल र प्रमाणपत्र पाउने छ । यस्तै द्धितिय हुने टिमले ३१ हजार रुपैयाँ नगद, ट्रफि, मेडल र प्रमाणपत्र पाउने छ ।
tarun cup football