खेल

युनाइटेडका प्रशिक्षकको रणनीतिले लिभरपुल बराबरीमा रोकियो

युनाइटेडका प्रशिक्षकको रणनीतिले लिभरपुल बराबरीमा रोकियो
कात्तिक – २ । इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड र लिभरपुल गोलरहित बराबरीमा रोकिएका छन् । man-vs खेलमा लिभरपुलले बल नियन्त्रण आफ्नो पक्षमा बढी राखे पनि युनाइटेडको बलियो डिफेन्सका कारण गोल गर्न सकेनन् । युनाइटेडले खेलमा लिभरपुलले गर्दै आएको प्रदर्शन गर्ने मौका नै दिएन । मोरिन्होले खेललाई अट्याकिङ भन्दा पनि लिभरपुललाई अवसर नदिने रणनीतिमा खेलाडीलाई परिचालित गरेका थिए । त्यसैमा युनाइटेडका गोलरक्षक डेविड डि जियाले सुन्दर बचाउ गर्दै टिमलाई जोगाए पनि । उनले जियाले एमरी क्यान र फिलिपे कोन्टिन्होको प्रहार जोगाएका हुन् । बराबरीपछि लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गर्ने मौका गुमाएको छ । लिभरपुल १७ अंकसहित चौथो स्थानमा छ भने १४ अंक रहेको युनाइटेड सातौं स्थानमा छ ।

liverpool manchester city

विशेष