खेल

कर्पोरेट क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण बुधबारदेखि

कर्पोरेट क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण बुधबारदेखि
कात्तिक–२ । कीर्तिपुर क्रिकेट मैदानमा सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण बुधबारदेखि हुने भएको छ । ६ दिनसम्म हुने प्रतियोगितामा १९ टिमको प्रतिस्पर्धा रहने आयोजक एसएस इभेन्टसले जनाएको छ । cricket प्रतिस्पर्धीमा १३ बैंक, ५ कर्पोरेट समूह र एक मिडिया गु्रपले प्रतिस्पर्धा गर्ने भएका छन् । सहभागी टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा थर्ड अम्पायर र टेलिभिजन रिप्ले प्रयोग गरिने आयोजकले जनाएको छ । सेन्चुरी बैंक, सिभिल बैंक, एनआइसी एसिया, प्रभु, नबिल, नेपाल एसबिआई, माछापुच्छ्रे, कुमारी, ज्योति विकास बैंक, मेगा, एनसिसी, एनएमबी, आइसिएफसी, कान्तिपुर, रुस्लान, सुबिसु, नेपाल टेलिकम, सिप्रदी र निम्बुजले प्रतिस्पर्धा गर्नेछन् । सेन्चुरी बैंकको मुख्य प्रायोजनमा रहेको प्रतियोगिता ५ ओभरको हुनेछ । नकआउटका आधारमा हुने प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडी, ब्याट्सम्यान, बलर, फिल्डर, विकेटकिपरसहित सर्वाधिक छक्का प्रहार गर्ने खेलाडिलाई पुरस्कृत गरिनेछ ।

corporate cricket kirtipure

विशेष