नेइमार अझै ५ वर्ष बार्सिलोनामा रहने

कात्तिक – २ । नेइमारले बार्सिलानासँग नयाँ सम्झौता गर्दै छन् । उनले पाँच वर्षको सम्झौता गर्ने बार्सिलोनाले जनाएको छ ।
बार्सिलोनाले गएको जुलाइमा नै नेइमारसँग नयाँ सम्झौता गर्ने बताएको थियो । तर ओलम्पिकसहितका अरु खेलको चटारोका कारण सम्झौतामा हस्ताक्षर हुन सकेको थिएन ।
सम्झौता अनुसरा उनी सन् २०२१ जुन ३० सम्म बार्सिलोनामै रहने छन् । नेइमारलाई सम्झौताको पहिलो वर्ष २ सय मिलियन युरो, दोस्रो वर्ष २ सय २२ मिलियन युरो तथा अन्तिमका तीन वर्षमा २५० मिलियन युरो तिर्नु पर्नेछ ।
१५ जुलाईमा ब्राजिलको टिममा खेलाडीले ओलम्पिकको तयारीमा जुट्नु अगाडि औपचारिक सम्झौता हुने छ ।
football
neimar
