भद्रपुरमा मानव मलमूत्रबाट ‘मिथेन’ ग्यास उत्पादन अभियान सञ्चालन
कातिक २ । ऊर्जाको सङ्कटलाई समाधान गर्न भद्रपुर सामुदायिक सेवा समन्वय समितिले मानव मलमूत्रबाट ‘मिथेन’ ग्यास उत्पादन अभियान सञ्चालन गरेको छ ।
शौचालयको हजबाट मिथेन ग्यास उत्पादन गरी करिब तीन हजार घरपरिवारले यसको प्रयोग गर्दैआएका छन् । उक्त अभियानमा समितिका अभियन्ता चैतन्यप्रकाश मैनालीसँगै प्राविधिक गङ्गा राजवंशी र डा प्रल्हाद सापकोटा संलग्न रहेका छन् ।
यसको प्रयोगले ठाउँको बचत हुने, ग्यास बल्न थालेपछि दुई वर्षमै लगानी असुल हुने, बत्ती बाल्न, पानी तताउन मिल्ने, प्रदूषणबाट जोगिने लगायतका फाइदा हुने अभियन्ता मैनालीले बताउनुभयो । चार घन मिटरको रु ४२ हजार २००, छ घन मिटरको रु ५५ हजार २००, आठ घन मिटरको रु ६६ हजार १०० र १० घन मिटरको रु एक लाख २६ हजार लागत लाग्ने बताइएको छ । रासस
urine to mi then gas