ग्यास चुहिएर गम्भीर घाइते युवकको मृत्यु

कात्तिक - २ । महोत्तरीको मटिहानी गाविसमा ग्यास चुहिएर शरीर जली गम्भीर घाइते भएका मटिहानी गाविस– ५ बस्ने रामनारायण मण्डलका छोरा २८ वर्षीय लव रहेको परिवारजनले जनाएका छन् ।
बडादसँैंको नवमीमा राति छिमेकीको ग्यास चुल्हामा समस्या भएकाले बनाउन गएका लवकोे ग्यास चुहिएर शरीर जली गम्भीर घाइते भएका थिए ।
घाइते लवलाई उपचार लागि काठमाडौँंस्थित कीर्तिपुर अस्पतालमा लगिएमा आज उनको उपचारका क्रममा मृत्यु भएको छिमेकी कामेश्वर ठाकुरले बताए ।
सो घटनामा लवसहित चार जना घाइते भएका थिए । बाँकी तीन जनाको उपचार भइरहेको छिमेकी ठाकुरले बताए।
gas leakage
mahottari