देश

२ लाख मुल्य बराबरको अवैध चाँदीसहित भारतीय नागरिक पक्राउ

२ लाख मुल्य बराबरको अवैध चाँदीसहित भारतीय नागरिक पक्राउ
कात्तिक - २ । सप्तरी प्रहरीले तिलाठी गाविसबाट एक भारतीय नागरिकलाई अवैध चाँदीका तयारी गरगहनासहित पक्राउ गरेकाे छ । अवैध रुपमा भन्सार छलि भारतबाट नेपालतर्फ ल्याउदै गरेको  २ लाख मुल्य बराबरको गरगहनासहित  रमेश पासवानलाई तिलाठी प्रहरी चाैकीले तिलाठी गाविस वडा नम्वर ८ बाट पक्राउ गरेकाे हाे । मङ्गलवार जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार प्रहरी चौकी तिलाठीबाट गस्तीमा खटिएको प्रहरी टोलीले  २ किलो ४ सय ०८ ग्राम चाँदीका तयारी गरगहना बरामद गरेको हो । उनी विहार राज्यका मधुबनी जिल्लाको हरिनगर निवासी रहेकाे सप्तरीका एसपी भिमप्रसाद ढकालले जानकारी दिएका छन् । उनका अनुसार बरामद गरिएको उक्त गरगहना आवश्यक कारवाहीका लागि मङगलवारै भन्सार कार्यालय तिलाठीमा वुझाईएको छ ।

jail in indian

विशेष