मनोरञ्जन

किन पुगे कपिल शर्मा मुम्बाई हाइकोर्टको शरणमा

किन पुगे कपिल शर्मा मुम्बाई हाइकोर्टको शरणमा
कात्तिक–२ । केही समयअघि मात्र ब्रिहानमुम्बई म्युनिसिपल कमिसन (बिएमसी)का कर्मचारीले आफ्नो अफिसको निर्माणका लागि ५ लाख घुस मागेको ट्वीट गरेपछि विवादमा फसेर चर्चा पाएका चर्चित कमेडियन तथा अभिनेता कपिल शर्माले मुम्बई हाइकोर्टमा याचिका दायर गरेका छन् । kapil-sharma बिएमसीले गरेको आफ्नो भर्सोभास्थित अफिसको ‘गैरकानुनरुपमा बनाइएको भाग’ भत्काउने निर्णयविरुद्ध कमेडियन तथा अभिनेता कपिल शर्माले मुम्बाई हाइकोर्टमा याचिका दायर गरेका हुन् । गत जुलाईमा बिएमसीले गैरकानुनी रुपमा काम भएको भन्दै अन्धेरी वेस्टमा रहेको बंग्लाको काम रोक्न निर्देशन जारी गरेको थियो । उनलाई २४ घण्टाभित्र गैरकानुनी रुपमा थपिएको बंगलाको भाग भत्काउन भनिएको थियो । पछि अगस्त ४ मा बिएमसीले त्यहाँको केही भाग भत्काइपनि दिएको थियो । बिएमसी अधिकारीहरुले कपिलमाथि अनुमतिबिना निर्माणमा आन्तरिक हेरफेर गरेको आरोप लगाएको छ । कपिलको याचिकाबारे न्यायधीसद्वय रञ्ज्ति मुर र अनुजा प्रभुदेसाईको इजलासले सुनुवाइ गर्नेछ ।

kapil sharma

विशेष