खेल

विश्वकप छनोट असफल तर पनि महिला क्रिकेटलाई ठूलो उपलब्धी हासिल

विश्वकप छनोट असफल तर पनि महिला क्रिकेटलाई ठूलो उपलब्धी हासिल
कात्तिक–२ । नेपाली महिला क्रिकेट टोलीले हङकङमा भएको बिश्वकप क्रिकेटको एशियाली छनोट प्रतियोगिता खेलेर मंगलबार स्वदेश फर्किएको छ । cricket टोलीले विश्वकप क्रिकेटको एसियाली छनोट पार गर्न सकेन तर प्रतियोगिताको रनरअप भएर एसिया कपमा छानिएको छ । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्रीले क्रिकेटको छनोट पार गर्न नसकेपनि ९ वर्षपछि रनरअपको ट्रफी ल्याउन सफल भएको पनि ठूलो उपलब्धी भएको प्रतिक्रिया दिएकी छिन् । विश्वकप क्रिकेटको छनौट प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली असोज २० गते हङकङ गएको थियो । महिला राष्ट्रिय क्रिकेट टोलीलाई स्वागत गर्न खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र क्रिकेट संघका पदाधिकारी बिमानस्थल पुगेका थिए । नेपालले अब अर्को महिना एशियाका चार टेष्ट टोलीहरुसँग हुने एशिया कपमा प्रतिस्पर्धा गर्नेछ ।

Nepali Cricket

विशेष