देश

मिनी ट्रकले ठक्कर दिँदा नाबालिका नातिनीसहित हजुरआमाको मृत्यु

मिनी ट्रकले ठक्कर दिँदा नाबालिका नातिनीसहित हजुरआमाको मृत्यु
कात्तिक – २ । बाँकेको कोहलपुरस्थित मदन चोकमा मिनी ट्रकले ठक्कर दिँदा नाबालिका नातिनी सहित हजुरआमाको मृत्यु भएको छ । नातिनीलाई पोलियो थोपा खुवाएर फर्कदै गरेको अवस्थामा मिनी ट्रकले ठक्कर दिँदा दुवैको मृत्यु भएको हो । कोहलपुर नगरपालिका–३ मदनचोकका ५८ वर्षीया सीतादेवी पोख्रेल र उनकी दुई बर्षिया नातिनी प्रशंसा पन्तको दुर्घटनामा मृत्यु भएको हो । पूर्वबाट पश्चिम जाँदै गरेको से १ ख १३२४ नम्वरको ट्रकले बालिकालाई ठक्कर दिएपछि अनियन्त्रित भइ सडक पेटिमा हिड्दै गरेकी पोख्रेललाई च्यापेको थियो । महिलाको घटनास्थलमै ज्यान गएको थियो भने बालिकाको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृतक सीतादेवी महिला स्वास्थ्य स्वयम सेविका हुन् । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार ठक्कर दिने मिनी ट्रक र चालकलाई प्रहरी नियन्त्रणमा राखिएको छ । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाईएको छ ।

road accident in kohalpur

विशेष