मनोरञ्जन

‘भुतनाथ’का निर्देशकद्वारा नेपाली फिल्म निर्देशन गर्ने घोषणा

‘भुतनाथ’का निर्देशकद्वारा  नेपाली फिल्म निर्देशन गर्ने घोषणा

bhutnath

कात्तिक ३ । वलिउडको चर्चित फिल्म ’भुतनाथ’ निर्देशन गरेका विवेक शर्माले नेपालमा नयाँ फिल्म निर्देशन गर्ने घोषणा गरेका छन् । निर्माता निर्देशक तथा अभिनेता रोज राणाको लगानी रहनेगरी विवेक शर्माले निर्देशक गर्ने फिल्म ’मेरो पैसा खै’ प्रोजेक्ट घोषणा गरिएको हो ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच रेदाअंश सिने आर्ट्सको व्यानरमा बन्ने गरी उक्त प्रोजेक्ट घोषणा गरिएको छ । कार्यक्रममा मिडियामाझ प्रस्तुत हुँदै निर्देशक शर्माले पैसाको कारण हरेक व्याक्तिको जीवनमा पर्ने प्रभावको कथा मुख्य विषय रहने पनि बताएका छन् । कमेडी जनरामा बन्ने फिल्ममा कलाकार को रहने तय छैन् । अहिलेसम्म टिमको लागी द्वन्द्व निर्देशकमा चन्द्र पन्त मात्र अनुबन्ध छन् ।

मल्टिपल लोकेशनमा खिचिने भनिएको फिल्ममा नेपाल र भारत दुबैतिरका दृश्य समावेश हुनेछन् । भारतको मुम्बई तथा नेपालको मुस्ताङ, पोखरा, काठमाडौंमा फिल्म खिचिनेछ ।

यस्तै निर्देशक शर्माले फिल्म ११ भाषामा डबिङ भई भारत र नेपालमा एकसाथ प्रदर्शनमा ल्याउने बताएका छन् । उनका अनुसार फिल्म नेपालीसँगै हिन्दी, फ्रेञ्च, जर्मन, तामिल, अंग्रेजी लगायतका ११ भाषामा फिल्म डबिङ भई दर्शकमाझ आउने छ । फिल्म केहि महिनापछि फ्लोरमा जाने बताईएको छ ।

Bhutnath

विशेष