यी हुन् संसारकै सेक्सी महिला प्रहरी, अपराधी पनि नजिकिन्छन्

कात्तिक - ३ । दुनियाँमा को मूर्ख होला, जसले आफूलाई कुनै प्रहरीले पक्रियोस् भन्ने चाहन्छ । तर जर्मनीका मानिसहरु भने एक जना प्रहरी अधिकारीको हातबाट आफूलाई पक्राउन चाहन्छन् । भलै नपक्रिउन, कम्तीमा ती प्रहरीले आपूmलाई नजर त लगाइदिउन् भन्ने ठान्छन् ।
हो, जर्मनीकी वरिष्ठ प्रहरी आयुक्त एड्रिएन कोलेसजर यस्ती महिला प्रहरी हुन् जसको हातबाट आफूलाई पक्राउनका लागि अपराधीहरुबीच पनि हानथाप हुन्छ । कोलेसजरको सुन्दरतामा पुरुष अपराधीहरु समेत यति धेरै नतमस्तक छन् कि उनको हातबाट पक्रिने सपना देख्छन् । कतिपय सर्वसाधारण तथा जिन्दगीमा कहिल्यै अपराध नगर्नेहरुले पनि सानोतिनो गल्ती गरेर उनको हातबाट पक्रिने निहुँ खोज्दछन् ।
उनी ड्युटीमा खटिएको ठाउँमा कतिले नियम विपरित जानाजान तीव्र गतिमा गाडी चलाउने, कतै गाडी ठोक्काइदिने जस्ता काम गर्दछन् ताकि सो अभियोगमा ती महिला प्रहरीले उनीहरुलाई पक्रिउन् ।
वरिष्ठ अधिकृत भए पनि कोलेसजरको उमेर जम्मा ३१ बर्षको छ । उनका सुन्दर तस्वीरहरु इन्स्टाग्राममा निकै चर्चित छन् । उनले दैनिकजसो आफ्नो तन्दुरुस्त तथा फिट जिउडालका फोटा इन्स्टाग्राममा अपलोड गर्छिन् । सोसल मिडियामा उनका एक लाखभन्दा धेरै फलोअर्स छन् । ३१ बर्षे सुन्दरी प्रहरीका २८ वर्षे ब्वायफ्रेण्ड पनि छन् र उनले ब्वायफ्रेण्डलाई भरपूर समय दिन्छिन् । जिमखानामा नियमित रुपमा धाउने उनले आफ्नो ढाड र हिपको स्वास्थ्यमा विशेष ख्याल गर्छिन् । -एजेन्सी
Police
sexy


