मनोरञ्जन

बलिउडमा आफ्नो नामको पछाडि थर नलेख्ने कलाकार

बलिउडमा आफ्नो नामको पछाडि थर नलेख्ने कलाकार

एजेन्सी । यदि कुनै पनि व्यक्तिलाई आफ्नो नाम राम्रो लागेन भने ति व्यक्तिहरुले निश्चय नै आफ्नो आमा बाबुसँग गुनासो पोख्ने गर्दछन् । आफ्नो नाम नराम्रो लाग्ने मानिसहरुले यस्तो नाम किन राखेको भनेर आफ्ना अभिभावकसँग झगडा समेत गर्ने गर्दछन् । हामी आफ्नो नाम त आफ्नो इच्छा अनुसार परिवर्तन गर्न सक्छौँ । तर आफ्नो थर भने जोकोहीले पनि बदल्न सक्दैन् । तर बलिउडका कलाकारमा भने यो समस्याको समाधान रहेको छ । उनीहरुका लागि सम्पूर्ण कार्यहरु सजिलो हुने गर्दछ । बलिउडमा आफ्नो पूरा नामको साथमा थर नलेख्ने ६ कलाकार यसप्रकार छन् : काजोल kajol काजोलको पूरा नाम ‘काजोल मुखर्जी’ हो । तर उनले फिल्मी करियरमा कहिले पनि मुखर्जी जोडिनन् । उनले यस्तो कार्य आफ्नो बुबा शोमु मुखर्जी र तनुजा अलग भएपछि गरेकी हुन् । तमन्ना tamanna_2016-wide तमन्नाको पूरा नाम तमन्ना भाटिया हो तर उनले ज्योतिषीको सल्लाहअनुसार आफ्नो नामबाट थर हटाए स्पेलिंग पनि हटाएर तमन्ना राखेकी हुन् । रेखा rekha-khubsoorat अभिनेत्री रेखाको पूरा नाम ‘भानुरेखा गणेशन’ हो तर यिनले पनि समयसँगै आफ्नो नाम पनि बदलेर केवल रेखा मात्र राख्न पुगिन् । तब्बू tabbu-16696 अभिनेत्री तब्बूको पूरा नाम तबस्सुम हाशमी हो । तर बलिउडमा आएसँगै आफ्नो नामलाई सरल तथा सजिलो बनाउन उनले तब्बू नाम छनोट गरेकी हुन् । गोविन्दा govinda-8310 गोविन्दाको पूरा नाम गोविन्दा अरुण आहूजा हो तर बलिउड फिल्म उद्योगमा आएपछि आफ्नो नाम गोविन्दामा सीमित पारेका हुन् । आसिन south_actress_asin-wide आसिनको पूरा नाम आसिन ठोट्टूमकल हो तर मानिसहरुलाई नाम बोल्नमा गाह्रो नहोस् भनेर उनले पनि आफ्नोे नाम छोटो पारेकी थिइन् । यही नामले नै उनलाई साउथ इन्डियन देखि बलिउडमा परिचित गरायो ।

bolleywood name narakhne kalakar

विशेष