शरीरका अंगअनुसार कस्ता युवती कति भाग्यशाली
ज्योतिषशास्त्रको एउटा शाखा समुन्द्र विज्ञानमा शरीरमा भएका चिन्हका आधारमा व्यक्तिको भविष्यको विश्लेषण गरिन्छ ।
शरीरमा पाइएका यस्ता निशानाहरु हाम्रो भविष्य र चरित्रका बारे धेरै कुरामा बताउाछन् । समुन्द्रशास्त्रमा सुकन्याको बारेमा पनि उल्लेख भएको छ । यस्ता कन्या एकदमै भाग्यशाली हुन्छन् । जसका भाग्यका आधारमा पति र परिवार सुखमय हुनुका साथै धनवान् पनि हुन्छन् । समुन्द्रशास्त्र अनुसार कस्ता युवती कति भाग्यशाली पहिचान गर्न सकिन्छ । जुन स्त्रीका आँखा मृगनयनी र सेतो भागको अन्तमा रातो लागेको हुन्छ , त्यस्ता युवती अत्यन्तै भाग्यशाली र सुखभोग गर्ने हुन्छन् । यिनीहरुको भाग्यमा सुखको दिनहरु पनि आइरहन्छन् ।
यिनीहरु जीवनमा अधिक खुसी हुने गर्दछन् । यदि कुनै पनि स्त्रीको जिब्रो रातो र कमलो हुन्छ भने यस्ता युवतीहरु आफू सुखभोग गर्ने तथा परिवारलाई पनि सुख दिने खालका हुन्छन् । त्यस्तै जुन स्त्रीको नाइटो गहिरो र भित्रबाट उठेको हुदैँन्, त्यस्ता युवतीहरुको जीवन सुखमय हुन्छ भने नाकको अग्रभगमा कोठी हुने युवती धनले भरिपूर्ण हुन्छन् । युवतीको पैतालामा कमलको चक्र र शंखको चिन्ह भएमा एमदमै शुभ मानिन्छ त्यस्ता युवतीका श्रीमान उच्च अधिकारी, ठूला व्यापारी र वरिष्ठ राजनेता हुने गर्दछन् । समुन्द्रशास्त्रका अनुसार जुन युवतीको बुढी औँला सर्प आकारको हुन्छ त्यस्ता युवतीहरु धनी हुन्छन् । त्यस्ता युवतीहरुमा सधै भगवानको कृपा तथा आशिर्वाद हुने गर्दछ ।
त्यस्तै पैतालामा त्रिकोणको चिन्ह भएका युवतीहरु चतुर हुन्छन् । यिनिहरु आफ्नो बुद्धि र समझदारीले परिवारलाई खुसीसाथ राख्छन् । समुन्द्रशास्त्रका अनुसार जुन युवतीहरुको बुढी औँला उठेको हुन्छ वा गोलो अथवा रातो हुन्छ त्यस्ता युवतीहरु अत्यन्त भाग्यशाली हुन्छन् । तर शास्त्रकाअनुसार बुढी औँला लामो भएमा जीवनमा धेरै कष्टको सामना गर्नुपर्दछ ।
bhagyamani kanya