खेल

फिफाले पूर्व अध्यक्ष माकुडीमाथि ५ वर्षको प्रतिबन्ध लगायो

फिफाले पूर्व अध्यक्ष माकुडीमाथि ५ वर्षको प्रतिबन्ध लगायो
कात्तिक – ३ । थाइल्याण्ड फुटबल एशोसिएनका पूर्व अध्यक्ष वारावी माकुडीमाथि फिफा फेडेरसन इन्टरनेश्नल डि फुटबल एशोसिएन) ले पाँच वर्षे प्रतिबन्ध लगाएको छ । walami प्रतिबन्ध पश्चात उनी पाँच वर्षसम्म फुटबलसम्वन्धी कुनै पनि गतिविधिमा संलग्न हुन पाउने छैनन् साथै ६ हजार २०० पाउण्डको जरिवाना समेत लगाइएको छ । फिफाका २२ अधिकारी मध्ये एक माकुडीले २०१० मा २०१८ र २०२२को विश्वकप आयोजक छनौटमा मतदान गरेका थिए । उनीहरु मध्ये १० अधिकारी भ्रष्टचारमा मुछिएको बताइएको छ । तत्कालीन फिफा अध्यक्ष सेप ब्लाटर र यूईएफए अध्यक्ष मिचेल प्लाटिनीमथि पनि ८ वर्षे प्रतिबन्ध लागिसकेको छ ।

F Fifa warabi makuda

विशेष