दुई जोडी विदेशी नागरिकले गरे थारु संस्कृतिअनुसार विवाह (भिडियाेसहित)

कात्तिक - ३ । बेहुली विदेशी र नेपाली बेहुलाबिच नेपालमै नेपाली सँस्कृति अनुसार बिहे भएको सुनिएकै हो । तर बेहुला र बेहुली दुवै विदेशीले नेपालमै थारु परम्परा अनुसार बिहे गरेको खासै सुन्न वा देख्न पाईंदैन ।
मंगलबार राति बर्दियाको बबई नगरपालिका–३ पेरहनी गाउँमा दुई जोडी विदेशी नागरिकको बिहे थारु सँस्कृति अनुसार भयो । पेरहनी गाउँको दुर्गाजनज्योती प्राथमिक विद्यालयको भवन निर्माणका लागि सहयोगमा जुटेका दुई जोडी विदेशी नागरिकले थारु सँस्कृति अनुसार विवाह गरेका हुन् ।
झट्ट हेर्दा नेपाली मुलका जस्ता देखिने मेक्सिकोका फरनाण्डो नेपाली नाम (फूलराज) र सिम्थीया (सीता) तथा बहराइनका हुसेन (अजय) र एसिल (आशा) को विवाह थारु समुदायको परम्परागत सँस्कृति अनुसार भयो ।
marriage
