जहाँ तरकारीको मूल्यमा स्मार्टफोन किन्न पाइन्छ

कात्तिक ३ । बंगलादेशमा मोबाइलको फुटपाथ बजार लाग्ने गरेको छ । जसअनुसार त्यहाँ साधारणदेखि स्मार्टफोन तरकारीको मूल्यमा किन्न पाइन्छ । यस स्थानमा स्मार्टफोन त्यसरी बिक्री हुने गर्दछ जसरी हाम्रो देशमा तरकारी बिक्री हुने गर्दछ ।
त्यहाँ साधारण फोन लगभग एक सय टकामा किन्न सकिन्छ । जसको नेपाली मूल्य १३४ रुपैया रहेको छ । बंगलादेशको राजधानी ढाकाको साउथ सिटी कर्पाेरेसनमा लाग्ने यस बजारमा साधारण मोबाइल फोनदेखि लिएर स्मार्टफोन समेत उपलब्ध हुने गर्दछ । यसका साथै यस स्थानमा मोबाइलको एक्सेसरीज जस्तैः ब्याट्री, चार्जर, हेडफोन, कवर आदि सुपथ मूल्यमा उपलब्ध हुने गर्दछ । यहाँ प्रायः चीनबाट निर्माण भएका मोबाइल फोनहरु हुने गर्दछन् ।
यहाँ नोकिया, सामसुङ, एचटीसी, सोनी, माइक्रोम्याक्स, जस्ता ठूलाठूला ब्राण्डका स्मार्टफोन पनि सस्तो मूल्यमा पाइने गर्दछ । यहा आइफोन पनि लगभग १० हजार मूल्यमा पाइने गर्दछ । यस बजारमा बिक्री हुने फोनहरु भने बिग्रेका फोनहरुको पुनः मर्मत गरिएका हुन्छन् । त्यस्तै बिग्रिएका मोबाइल फोनहरुमा अर्काे कम्पनीका पार्टपूर्जाहरु हालेर पनि मर्मत गरिएका हुनेगर्दछन् । यस स्थानमा यति मात्र नभएर अन्य इलेक्ट्रोनिक्सहरु पनि सस्तो मूल्यमा पाइने गर्दछ ।
bangladesh
Futpat
Smart Phone

