यस्तो छ प्रियंकाको घर (फोटोफिचर)

कात्तिक ३ । मिस वल्ड हुँदै बलिउडमा पनि सफल अभिनेत्रीको दरिएकी अभिनेत्री प्रियंका चोपडाले यतिबेला अमेरिकामा पनि आफ्नो दर्हो उपस्थिति जनाइ रहेकी छन्। अमेरिकी टिभी शो क्वान्टिकोबाट अमेरिकामा चर्चित बनिरहेकी प्रियंकाको व्यस्तता बलिउडमा भन्दा पनि हलिउड नगरीमै चुलिरहेको छ ।
पहिलो सिजनमा सर्वा्धिक सफल भएपछि सो श्रृखंलाको दोस्रो सिजनमा पनि प्रियंका दोहोरिन् । प्राप्त सफलतालाई अझ उचाइमा र्पुयाउन र अमेरिकामै जम्ने सुरसारमा रहेकी प्रियंकाले आफ्नो अमेरिकाको बसाइलाई स्थाइ बनाउन अमेरिकामा घरसमेत किनिसकेकी छन् । उनले अमेरिकामा किनेको सो घरको तस्विर हालै सार्वजनिक भएको छ। प्रियंकाको सो घरलाई धेरैले मनपराएका छन् ।
उनले न्यू योर्कमा घर किनेकी हुन् । उनको सो घर उनको टिभी श्रृखंलाको सेटबाट २०(२५ मिनेटको दुरीमा रहेको छ । ’क्वान्टि’को सिरियलका लागि १५-१५ घण्टा काम गर्नुपर्ने भएकाले उनले सेट नजिकै घर किनेको बताएकी छन् ।
प्रियंकाको सो घरमा जिम हल, मेकअप रूमका अलावा अभिनय अभ्यास गर्ने कोठाहरूसमेत रहेका छन् ।
house
priyanka chopra





