देश

१२ वटा सडक स्तरोन्नति सम्पन्न

१२ वटा सडक स्तरोन्नति सम्पन्न
कात्तिक - ३। सडक सुधार आयोजनाले पाँच सय तीन किमी सडक स्तरोन्नति सम्पन्न गरेको छ । विसं २०६५ मा एक्सपोर्ट इम्पोर्ट बैंंक अफ इण्डियाको ऋण सहयोगमा सुरु भएको आयोजनाले देशका १२ वटा सडक स्तरोन्नति सम्पन्न गरेको आयोजना प्रमुख वेदकण्ठ योगोलले बताए । उनका अनुसार आर्थिक वर्ष २०७२÷२०७३ मा साँफेबगर–मार्तडी ३० दशमलव ७२ किमी, साँफेबगर–मङ्गलसेन ३९ दशमलव १६ किमी, सुर्खेत–दैलेख ४३ दशमलव ८५ किमी, तुल्सीपुर–सल्यान ६१ दशमलव ७४ किमी, भालुवाङ–प्यूठान ६७ दशमलव ४५ किमी, चकचके– लिवाङ ६३ दशमलव ४१ किमी, अमेलिया–तुलसीपुर २९ दशमलव ०५ किमी, चन्द्रनिगाहपुर–गौर ४६ किमी, हिलेपानीे– दिक्तेल ४० किमी, वसन्तपुर–म्याङलुङ २६ दशमलव ६२ किमी, मालढुङ्गा–बेनी १३ दशमलव २६ किमी, राजबिराज–सखडा–रुपनी–राजविराज–भारदह ४१ दशमलव ९७ किमी गरी कुल पाँच सय तीन किमी सडकको स्तरोन्नति सम्पन्न भएको छ । “दोस्रो चरणमा ११ वटा सडक स्तरोन्नतिको काम सुरु भएको छ, आयोजना प्रमुख योगोलले भन्नुभयो – स्थानीय निकायले ट्रयाक खोलेको सडकमा आयोजनाले नाली बनाउने, टेवा पर्खाल निर्माण गर्ने र कालोपत्रे गर्ने काम गर्छ” । हाल आयोजनाले स्तरोन्नति गरिरहेको ३८४ किमीका ११ वटा सडकमा लामोसाँघु–मुडे–चरिकोट ५५ किमी, घोराही– घर्तीगाउँ ९सहिदमार्ग० ३१ दशमलव पाँच किमी, देवदह– तिनाउ–पर्सा ९लुम्बिनी परिक्रमा० ४२ किमी, साँफेबगर–मार्तडी २७ दशमलव ७ किमी, बर्दघाट–पाल्डाँडा–त्रिवेणी १२ दशमलव ५ किमी, बालाजु–रानीपौवा–त्रिशूली ५९ दशमलव ६९ किमी, छहरे–बिदुर १६ दशमलव ४८ किमी, चोभार–दक्षिणकाली ११ दशमलव ९३ किमी, भक्तपुर–नगरकोट १५ दशमलव ६६ किमी, भरतपुर–रामपुर–मेघौली १६ किमी र लोहरपट्टी–जलेश्वर– लोहरपट्टी–महेन्द्रनगर–मठीगाउँ–विदेही–हनुमाननगरचोक–रामपुर–बहुरुवा– बहेटवेला ९जनकपुर परिक्रमा० ९८ दशमलव ६४ किमी रहेका छन् । आयोजनाले साढे पाँच लेनदेखि सात मिटर चौडाइमा सडक स्तरोन्नति गरिरहेको छ । पहिलो चरणका १२ सडक स्तरोन्नतिका लागि ५० मिलियन अमेरिकी डलर ऋण सम्झौता भएको थियो, भने दोस्रो चरणको ११ सडकका लागि ८० मिलियन अमेरिकी डलर ऋण सम्झौता भएको छ । वार्षिक एक दशमलव ७५ प्रतिशत ब्याजदरमा भारतीय बैंकसँग ऋण सम्झौता भएको आयोजनाले जनाएको छ । सम्झौताको शर्तनामा अनुसार मुख्य निर्माण कम्पनी भारतीय हुन्छन् । अन्य सहयोगी निर्माण कम्पनी नेपाली छन् । दोस्रो चरणका ११ सडक स्तरोन्नतिको काम विसं २०७४ मङ्सिर १५ मा सक्ने गरी काम भइरहेको आयोजना प्रमुख योगोलले बताए ।

Sadak sadak nirman

विशेष