मनोरञ्जन

बलिउड निर्देशक शर्माले ’मेरो पैसा खै’को निर्देशन गर्ने

बलिउड निर्देशक शर्माले ’मेरो पैसा खै’को निर्देशन गर्ने
कात्तिक ३ । चर्चित बलिउड फिल्म ’भूतनाथ’का निर्देशक विवेक शर्माले नेपाली फिल्म निर्देशन गर्ने भएका छन् । bibek-sharma निर्माता, निर्देशक एवं अभिनेता रोज राणाले निर्माण गर्न लागेको ’मेरो पैसा खै’ घोषणासँगै निर्देशकमा विवेक घोषित भएका हुन् । रेदाअंश सिने आर्ट्सको ब्यानरमा फिल्म बन्न लागेको हो । मिडियाका समक्ष प्रस्तुत हुँदै निर्देशक शर्माले फिल्मको विषय खुलाए । पैसाकै कारण कसैको जीवनमा आउने उचारचढाव र त्यसको प्रभाव फिल्मको मूल कथा रहने उनले बताए । कमेडी विधामा बन्ने फिल्मका लागि कलाकारहरु भने चयन भएका छैनन् । फिल्म घोषणा भएलगत्तै द्वन्द्व निर्देशकमा चन्द्र पन्त पनि यसमा अनुबन्धित भएका छन् । साँघुरो मार्केट भएको नेपाली फिल्म इन्डस्ट्रीमा हात हाल्नुको कारणबारे पत्रकारले सोधेको प्रश्नमा निर्देशक शर्माले भने, ’म यहाँ पैसाको लागि काम गर्न आएको होइन । रोज राणासँगको सहकार्य गर्न पाउँदा ज्यादै उत्साही बनेको छु ।’ भारतको मुम्बई तथा नेपालको मुस्ताङ, पोखरा, काठमाडौंमा फिल्मको छायांकन हुनेछ । फिल्मलाई ११ फरक भाषामा डब गर्ने बताइएको छ ।

Bhutnath Bibek Sharma Mero Paisa Khai Roj Rana

विशेष