सरकारद्वारा महिला क्रिकेट टोलीका सदस्यहरुलाई जनही २५ हजार

कात्तिक ३ । सरकारले एशिया कपका लागि छनौट भएको नेपाली महिला क्रिकेट टोलीका सदस्यहरुलाई जनही २५ हजार रुपैयाँ दिने भएको छ ।
हङकङमा भएको महिला विश्वकप एशियाली छनौटमा नेपाल उपविजेता भएको थियो ।
युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले बुधबार उपविजेता टोलीलाई मन्त्रालयमा स्वागत गरे ।
साथै उनले टोलीका प्रत्येक सदस्यलाई जनही २५ हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।
asia cup
Cricket
mahila cricket
Nepal Sarkar
