देश

नवलपरासी कारागारमा कैदीबन्दीबीच झडप

नवलपरासी कारागारमा कैदीबन्दीबीच झडप
कात्तिक - ३ । जिल्ला कारागार नवलपरासीमा कैदीबन्दीबीच झडप भएको छ । धारामा हात धुने निहुँमा सामान्य वाद विवाद हुदा पछि झडपको स्थित आएको कारागार प्रशासनले जनाएको हो । आधुनिक कारागार भन्दै विभिन्न स्थानबाट सरुवा हुदै आउने विभिन्न प्रकृतीका कैदीबन्दीहरुका आपसी मनमोटावले यस्तो अवस्था सृजना भएको छ । १ सय ५ जना पुरुष र २५ जना महिला बन्दि राख्ने क्षमता रहेको कारागारमा देश भरिबाट कैदी बन्दि सरुवा भई आउदा अहिले २ उ ९६ जना पुरुष, ५२ जना महिला ५ जना नाबालक रहेका छन् । हालै ४ जनाको सरुवा भएको निमित्त जेलर पप्पु प्रसाद यादवले बताए । झडपबारे उनले प्रतिकृया दिदै जेल प्रशासनको कमि भन्दा उनिहरुको आपसी विवादले झडपको स्थितीमा पुगेको निमित जेलर यादवले बताए । अहिले आन्तरिक विवाद मिलाउने प्रयास भईरहेको छ। 'झडपले काम गर्ने कैदीबन्दि मध्येकै चौकीदारले काम गर्न छाड्दा समस्या देखिएको छ,' उनले भने 'झडपले जेल भित्र तनाव सृजना भएको तर मिलाउने प्रयास भईहेको छ ।' - विद्रोही गिरी/नवलपरासी

nawalparshi

विशेष