Technology

फेसबुकले ल्यायो सेड्युलमा लाइभ भिडियो

फेसबुकले ल्यायो सेड्युलमा लाइभ भिडियो
कात्तिक ३ । यसै वर्षको सुरुवातदेखि सुरु भएको फेसबुकको लाइभ भिडियो फिचर निक्कै लोकप्रिय भयो । विश्वभर यसको प्रयोग भएकाले अब सामाजिक सञ्जालमा एकछत्र राज गरिरहेको कम्पनीले भेरिफाइड पेजबाट सेड्युल लाइभसमेत प्रसारण गर्न सक्ने बनाउँदैछ । facebook_1476859949770 सुरुमा यो भेरिफाइड अकाउन्ट हुनेहरुका लागि मात्र उपलब्ध हुनेछ । फेसबुक प्रयोगकर्ताले लाइभ गर्ने एक साताअघि नै सेड्युलमा लाइभ राख्न सक्नेछन् । केही सातापछि नै नन भेरिफाइड फेसबुक प्रयोगकर्ताले पनि यो सुविधा लिन सक्ने तयारी कम्पनीले गरिरहेको छ। लाइभ भिडियोलाई सेड्युल गर्न सक्ने भएपछि प्रसारण अघि नै प्रसारकले हल्ला गर्न सक्छ र प्रचारका लागि यसले महत्वपूर्ण भूमिका पाउँछ। साथै फेसबुक प्रयोगकर्ताहरुले लाइभ हेर्नका लागि पहिले नै तयार हुन सक्छन्। फेसबुकका अनुसार जब पब्लिसरले लाइभ भिडियो सेड्युल गर्छ न्युज फिडमा एउटा अनाउन्समेन्ट आउने छ । र फलोअरले आउँदो लाइभबारे जानकारी पाउनेछन्। फेसबुक प्रयोगकर्ताले अनटाइम रिमाइन्डरबाट लाइभ हेर्न सक्ने वा वास्ता नगर्न सक्ने अप्सन दिनेछ ।

Facebook

विशेष