शाहरुखले अक्षयको प्रशंसा गरेपछि...

कात्तिक–३ । शाहरुख खानले अक्षय कुमारसँग मित्रताको हात बढाएका छन् । शाहरुख र अक्षय एक अर्कालाई आफ्नो कट्टर प्रतिद्धन्द्धी मान्छन् ।
पछिल्लो समय बलिउड बक्स अफिसमा अक्षयको प्रभाव बढ्न थालेपछि शाहरुखले मित्रताको हात बढाएको स्थानीय मिडियाले बताएका छन् ।
ट्वीटरमा एकजनाले शाहरुखलाई सोधेका थिए, ‘तपाइलाई अक्षय कुमार कस्तो लाग्छ ?’ जवाफमा शाहरुखले हार्डवर्किङ, कुल भने । शाहरुखको जवाफपछि उनीहरुको सम्बन्ध मजबुत भएको चर्चा चलेको हो ।
शाहरुखले अक्षयको प्रशंसामा समय खर्चिन थालेपछि शाहरुखले आफ्नो करिअर गिरेको महसुस् गरेको टिप्पणी समेत हुन थालेको छ । कतिले अक्षयलाई तीन खानको विकल्प भनेर टिप्पणी गर्छन् त कतिले एक्लो यात्री पनि भन्छन् ।
akshya kumar
saharukh khan
