देश

जानकारी बिना नगरपालिकाका कर्मचारी भारत भ्रमणमा गएपछि...

जानकारी बिना नगरपालिकाका कर्मचारी भारत भ्रमणमा गएपछि...
कात्तिक–३ । कुनै जानकारी बिनानै बाराको महागढीमाई नगरपालिकाका प्रमुखसहित अधिकांश कर्मचारी भारत भ्रमणमा गएपछि कामकाज प्रभावित भएको छ । bara_district प्रमुख निमित्त कार्यकारी अधिकृत महेन्द्र कुशवाहासहित अधिकांश कर्मचारी एक साता पहिले नै भारत भ्रमणमा गएपनि फर्किएका छैनन् । कार्यालयका अधिकांश कर्मचारी कार्यालयमा अनुपस्थित हुँदा कामकाज प्रभावित हुनुको साथै सेवाग्राही सेवाबाट वञ्चित हुनुपरेको स्थानीयको गुनासो छ । गएको वर्ष कार्यालयले गरेको विकास निर्माणको कामबाट अनाधिकृत रुपमा लिएको कमीशनको रकमले कर्मचारीहरु बिना जानकारी भारत भ्रमण गएको कर्मचारी स्रोतले जनाएको छ । यस्तो गुनासो आएपछि कार्यालयमा छड्के गरि हाजिरी पुस्तिका नियन्त्रणमा लिएको र छड्केको क्रममा अधिकांश कर्मचारीहरु अनुपस्थित देखिएको र यस्ता कर्मचारीहरुलाई विभागीय कारबाही गर्ने बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुङ्गानाले बताएका छन् ।

bara deistic

विशेष