मनोरञ्जन

पाकिस्तानको ‘हट चायवाला’ यसरी बने मोडेल

पाकिस्तानको ‘हट चायवाला’ यसरी बने मोडेल

chaya कात्तिक ४ । सामाजीक सञ्जालमा भाईरल ‘हट चायवाला’को रुपमा भाईरल भएका पाकिस्तानी युवक मोडेल बनेका छन । इस्लामाबादको एक वेभसाइट फिटइन डट पिकेले ती युवकलाई मोडेल बन्ने मौका दिएको हो।

अरसद नामका ती युवकको फोटो इन्टरनेटमा भाइरल बनेपछि फेसन कम्पनीले उनलाई मोडलिङको मौका दिएको हो । जिया अली नामक युवतीले सबैभन्दा पहिले अरसदको फोटो सामाजिक सञ्जालमा अपलोड गरेकी थिइन्।

ch

नीलो आँखा, दुब्लोपातलो तर बलिष्ठ शरीर, लोभलाग्दो जुँगाका धनी अरसदको फोटो इन्टरनेटमा भाइरल बनेपछि पाकिस्तान र भारतका थुप्रै मानिसहरुले सामाजिक सञ्जालमा उनको रुपको प्रशंसा गर्दै उनको तुलना बलिउडका स्टारहरुसँग गरेका थिए ।

ca

सामाजिक सञ्जालमै थुप्रै युवतीले उनीप्रति प्रेम प्रदर्शन गरेका थिए । जसका कारण ट्वीटरमा ह्यासट्याग चायवाला ट्रेण्ड भएको थियो । भारतमा अरसदको फोटो र प्रधानमन्त्री नरेन्द्र मोदीको फोटोलाई सँगै जोडेर दुवै ‘चायवाला’को तुलना मानिसहरुले गरिरहेका छन् ।

Chayawala

विशेष