मनोरञ्जन

टिस्कालाई फ्यानको बिहे प्रस्ताव

टिस्कालाई फ्यानको बिहे प्रस्ताव
कात्तिक ४ । बलिउड अभिनेत्री टिस्का चोपडालाई उनका फ्यानले बिहेका लागि प्रस्ताव गरेका छन् । उनलाई राहुल इमरान नामका एकजना फ्यानले ट्विटरमार्फत सीधै विहेको प्रस्ताव राखेका हुन् । tiska-chopra राहुलले टिस्कालाई विल यु म्यारी मी ? भनेर सोधे । टिस्काको के मुड चल्यो कुन्नी ? उनले पनि जवाफ फर्काइन् । उनको जवाफ यस्तो छ– म यही कुराको प्रतीक्षामा थिएँ । यहाँलाई धन्यवाद । म तपाईंसँग बिहे गर्न तयार छु । तपाईं आफ्नो बारेमा जानकारी दिनुहोस् । मेरो श्रीमान् जान्न चाहन्छन् कि मैले उनलाई के कारणले छाड्दै छु । टिस्काको जवाफ पढेपछि फ्यान राहुलको हालत के भयो होला, अन्दाज मात्र गर्ने कुरा हो । ‘तारे जमिन पर’, ‘दिल तो बच्चा है जी’, ‘एबिसिडी २’ लगायतका फिल्ममा अभिनय गरेकी टिस्का विवाहित छिन् । त्यतिमात्र नभएर उनको एक छोरी पनि रहेकी छिन् । उनका पति एअर इन्डियाका पाइलट हुन् ।

Tisca Chopra

विशेष