कैटरिना कामबिहीन भएपछि टिभीसोतिर जाने संकेत

एजेन्सी । कामबिहीन भएपछि बलिउड नायिका कैटरिना कैफले पनि अब आफूलाई टेलिभिजन सोतिर व्यस्त बनाउने संकेत देखाएकी छिन् ।
पछिल्लो समय उनी अभिनीत दुई फिल्म ‘फितुर’ र ‘बारबार देखो’ असफल भएपछि उनी अचेल कामविहीन भएकी छिन् । यो फुर्सदमा उनले आफूलाई टेलिभिजनका डान्स रियालिटी सो धेरै मनपर्ने बताएको र यसै आधारमा उनी टेलिभिनज सोतिर व्यस्त हुन सक्ने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । हातमा फिल्म नभएपछि उनी तनावमा रहेको र टिभीतिर चिहाउन थालेको समेत सञ्चार माध्यमले टिप्पणी गरेका छन् ।
कैटरिनासँग अबको ६ महिना कुनै काम नभएको र उनी टिभी सोहरुमा देखिन सक्ने सम्भावना बढेको छ । उनले अभिनय गर्ने भनिएको ‘एक था टाइगर–२’ को सुटिङ अर्काे साल मात्रै सुरु हुने भएको छ ।
आनन्द एलले साहरुखसँग गर्न लागेको फिल्ममा पनि कैटरिनालाई नलिने पक्का भएको र रणवीर कपुरसँगको उनको फिल्म ‘जग्गा जासुस’को सुटिङ पनि सकिइसकेको छ । त्यसकारण अबको ६ महिना कैटरिनाको कुनै काम नभएको समाचार एजेन्सीले जनाएका छन् ।
Katrina Kaif telivision