बहुउपयोगी वनस्पती तुलसीका केही फाइदाहरु
कात्तिक ४ । आयुर्वेदमा निकै नै उपयोगी मानिने तुलसीलाई बहुगुणी जडीबुटीका रुपमा पनि परिचित रहेको छ । तुलसीमा रहेको कैयौँ गुणका कारण यसको प्रयोग सबै ठाउँमा गर्ने गरिन्छ ।
यसका साथै तुलसीलाई विभिन्न रोगको उपचारका लागि औषधीका रुपमा समेत प्रयोग गरिन्छ । औषधीय गुणका कारण तुलसीको प्रयोग अत्याधिक हुने गरेको छ । तुलसीलाई विष्णुको अवतारको रूपमा हिन्दुहरूले पुजा समेत गर्ने गर्छन् । धर्मका लागि मात्र नभएर तुलसीको मानव जीवनमा निकै उपयोगी वनस्पतिको रूपमा प्रयोग गर्न सकिन्छ । तुलसीका केही फाइदाहरु यसप्रकार रहेका छन्ः
१.तुलसीको सफा पातलाई पिँधेर प्राप्त हुने रस (५—१० मिलिलिटर)मा मह मिसाएर दिनको दुईदेखि तीनपटक सेवन गर्दा सर्दी, खोकी रुघा निमोनिया,दम आदिमा प्रभावकारी हुन्छ ।
२.बच्चाको पेट साधारण दुख्दा, अजीर्ण हुँदा, अरुची हुँदा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिँदा फाइदा हुन्छ ।
३.मधुमेह तथा पिसाब सम्बन्धी रोगमा तुलसीको बीजलाई पिँधेर तयार गरिएको लेदोलाई १—३ ग्रामसम्म दिनमा दुईपटक सेवन गर्दा पनि फाइदा हुन्छ ।
४.विषम ज्वरो वा अन्य रुघाखोकीमा तुलसीको पात चपाएर सेवन गर्दा फाइदा हुन्छ ।
५. केही रोग नभएको अवस्थामा पनि तुलसीको ३—४ पटकसम्म त्यसै वा तातो पानीसँग पनि सेवन गर्न सकिन्छ ।
६.किटाणुनाशक शक्ति भएका कारण तुलसीको पातको लेदो बनाई जीर्ण घाउमा, सुन्निएको तथा दुखेको ठाउँमा लेपको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
Tulasi