मनोरञ्जन

किन बनिन् पोर्न स्टार सनी लियोन शाकाहारी

किन बनिन् पोर्न स्टार सनी लियोन शाकाहारी

एजेन्सी । आफूलाई पोर्न स्टारबाट बलिउड स्टारमा बदले पनि सनी लियोनीको फिगरमा ‘हट’ हुने फ्यान प्रशस्तै छन् ।

अरूलाई तताउँदै आएकी सनीले यति बेला भने आफ्नै शरीर तातेको महसुस गर्न थालिछन् ।  तातेको शरीरलाई चिस्याउन अब ननभेज डिस नलिने भएकी छन् । उनले स्वास्थ्यको कारण देखाउँदै भेगान (शाकाहारी) बनेको खुलासा गरेकी हुन् । उनले रगत सफा गर्न पनि भेगान भएको बताएकी छन् ।

‘सन्चो भएन र इन्जेक्सन दिएर रगत पनि सफा गर्नुपर्ने भयो,’ सनीले लेखेकी छन् ‘त्यसैले पनि शरीरले ज्यादा तातो महसुस गर्न थालेको छ । त्यसका लागि अहिले साह्रै बेस्वादिलो चिया खानु परिरहेको छ ।’ यतिबेला उनी परम्परागत चिनियाँ अकुपन्चर विधिबाट उपचार गराइरहेकी छन् । ‘म यस्तोखाले परम्परागत चिनियाँ उपचार विधिमा विश्वास गर्छु । र, मलाई यतिबेला आएर भेगान हुन उत्प्रेरणा जाग्यो ।

त्यसैले अब अल्कोहल, क्याफिन, टक्सिन अब केही पनि लिनेछैन ।’ सनी गत साता मात्रै ‘बेइमान लभ’ मार्फत् दर्शकमाझ आएकी थिइन् । उक्त फिल्मले बक्सअफिसमा त खासै चमत्कार देखाउन सकेन, सनीलाई खासै घाटा पनि पुगेन । बरु अजय देवगणको आगामी फिल्म ‘बादशाहो’ मा एउटा गीतमा डान्सको अफर पाएकी छन् ।

sakahari sunny leon

विशेष