खेल

विश्वकप २०१६ सेमिफाइनलमा कबड्डी, अंक तालिकासहित

विश्वकप २०१६ सेमिफाइनलमा कबड्डी, अंक तालिकासहित
कात्तिक–४ । भारतमा अहिले कबड्डी २०१६ विश्वकप चलिरहेको छ । भारतले कबड्डी विश्वकपको तेस्रो संस्करणमा खेल खेलाइरहेको छ । भारतको अहेम्दाबादमा अन्तर्राष्ट्रिय कबड्डी संघबाट आयोजित विश्वकप अक्टोबर ७ बाट सुरु भएको हो । kabaddi प्रतियोगितामा भारत, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, केन्या, इरान, इङ्ल्याण्ड, अमेरिका, थाइल्याण्ड, बङ्लादेश र अर्जेन्टिना गरि १२ टिमको विश्वकपको लागि भिडन्त हुँदै छ । दुई पटकको च्याम्पियन भारतले आफ्नो उपाधि जोगाउन तयारी गर्दै छ । दिभेन्डिङ च्याम्पियन भारतले २००७ मा इरानलाई हराएर उपाधि आफ्नो नाममा राखेका थिए । खेल शुक्रबार, ७ अक्टोबरमा भारत र दक्षिण कोरियाबाट सुरु भएको थियो । भारतले मंगलबार इङ्ल्याण्डलाई हराउँदै समूह ‘ए’को उपविजेता रहेर सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित राखेको छ । खेलमा १२ टिमलाई ६–६ मा विभाजन गरि दुई समूहमा बाडिँएको छ । समूह ‘ए’ मा कोरिया अग्रस्थानमा रहेको छ र भारत एक स्थान तल छ । त्यस्तै समूह ‘बी’ मा इरान विजेता र केन्या उपविजेता रहेको छ । यी चार टिम सेमिफाइनलमा भिड्दै छन् । kabaddi1

Kabaddi World cup

विशेष