रोनाल्डो र मेस्सीबिच शतक गोल पुर्याउने टक्कर, बाजी कसले मार्ला

कात्तिक–४ । च्याम्पियन्स लिगको जारी सिजनमा समूह चरणको खेलहरु भइरहेका छन् । खेलहरु निकै रोमाञ्चक र उत्कृष्ट भएसँगै धरैको नजर रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सीमा छ ।
रोनाल्डो र मेस्सी च्याम्पियन्स लिगमा सबैभन्दा बढी गोल गर्ने शीर्ष दुई खेलाडी हुन् । जसले गोलमा शतक पूरा गर्न नजिकिँदै छन् ।
रोनाल्डोले अहिलेसम्म ९५ गोल गरेका छन् भने मेस्सीले ८९ गोल गरेका छन् । यी दुई खेलाडीमध्ये च्याम्पियन्स लिग गोलको संख्या कसले सय पुर्याउँछ भन्नेमा सबैको चासो बढेको छ ।
रोनाल्डोलाई अब मात्र ५ गोल चाहिन्छ तर मेस्सीलाई अझै ११ गोल । तर मेस्सीले रोनाल्डोलाई टक्कर दिँदै छन् । सिजनको सुरुमा रोनाल्डो भन्दा १० गोलले पछि रहेको मेस्सीले म्यानचेष्टर सिटीसँगको खेलमा ह्याट्रिक गरेपछि दूरी ६ गोलको अन्तरमा झारेका छन् । त्यसैले यी दुई उत्कृष्ट खेलाडीमा कसले छिटो शतक गोल पुर्याउला भनेर समर्थकहरु आतुर छन् ।
Manchester lidgue
Messi
Ronaldo
